मुगु – दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुषतर्फको क्रिकेटमा विभागिय टोली नेपाल पुलिस क्लब मधेश प्रदेशसँग पराजित भएको छ। शुक्रबार कालुन्चोक मैदानमा भएको प्रतियोगिताको चौथो खेलमा मधेश प्रदेशसँग २९ रनको हार व्यहोर्दै पुलिस पहिलो खेलमै निराश बनेको हो।
टस जितेर पहिला फिल्डि· रोजेको पुलिसविरुद्ध मधेशले निर्धारित २० ओभरमा जम्मा ४ विकेट गुमाउँदै १६६ रनको प्रतिस्पर्धात्मक स्कोर खडा गर्यो। पुलिसका बलरमाथि हावी भएका मधेशका लागि सन्तोष कार्कीले उत्कृष्ट बलिंग गर्दै ४२ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ६० रन बनाए। त्यस्तै विवेक कुमार यादवले आक्रामक ब्याटिङ गर्दै १६ बलमा ४ छक्का र १ चौकासहित अविजित ३७ रन जोडे।
पवन सर्राफले २१ बलमा अविजित २३ रन बनाए भने मयन यादवले बटुलेको १९ रनको योगदानमा मधेशले १६७ को चुनौती तय गर्यो।
नेपाल पुलिस क्लबका लागि राशिद खानले १ विकेट लिए। त्यस्तै चन्द्रकान्त पौडेल, दीपक सेरला र श्रवण यादवले पनि समान १–१ विकेट हात पारे।
जवाफी ब्याटिगंमा उत्रिएको विभागीय टोली पुलिसका लागि तेश्रो नम्बरका ब्याट्सम्यान राशिद खानले २९ बलमा ३ चौका र ३ छक्कासहित ४१ रन जोडेपनि जीतका लागि पर्याप्त भएन।
ओपनरद्धय अमित श्रेष्ठ ६ र शंकर राना ९ रन बनाउँदै डगआउट फर्किएपछि दवाबमा परेको पुलिसका लागि राशिदले जोडेको रन जीतका लागि पर्याप्त भएन। उनीपछि क्रिजमा आएका दिलिप नाथ १४, श्रवण यादव १६ र चन्द्रकान्त पौडेलले १९ र सागर ढकालले १० रन मात्र बनाउन सके। ४ ओभर बलिंग गरेका पुलिसका अरनिकोप्रसाद यादवले २९ रन खर्चेर ३ विकेट लिंदा रुपेशकुमार सिंह र अभिषेक तिवारीले समान दुई दुई विकेट हातपारे।
Comments
Post a Comment