Menu

मन्त्री प्रतिभा रावलद्वारा धनुषाका मुसहर बस्तीमा पुगेर भूमिहीनका समस्या सुन्नुभयो

news and updates |
Friday, November 27, 2026
Featured

धनुषा ११ मंसिर ।

मन्त्री प्रतिभा रावलले धनुषाधाम नगरपालिका–१ र २ स्थित मुसहर बस्तीमा पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद तथा अन्तरक्रिया गर्नुभएको छ।

भेटघाटका क्रममा मन्त्री रावलले भूमिहीन नागरिकका समस्या, पीरमर्का र गुनासाहरू सुन्नुभएको थियो। उहाँले भूमिहीनहरूको समस्या समाधानका लागि सरकारले गरिरहेका पहल तथा आगामी योजनाबारे स्थानीयलाई जानकारी गराउनुभयो।

मन्त्री रावलले भूमिहीन नागरिकको समस्या छिट्टै टुङ्ग्याएर जग्गाधनी प्रमाणपुर्जा अर्थात् लालपुर्जा वितरण प्रक्रियालाई तीव्रता दिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments