सहारा संवाददाता—–
वीरगन्ज, ११ मंसिर । कर्णाली प्रदेशको सुर्खेतमा जारी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पर्साका हरिनारायण साहले मधेस प्रदेशका लागि पहिलो पदक जितेका छन् ।
शुक्रबार सम्पन्न शारीरिक सुगठन विधाको मेन्स क्लासिकल ओपन स्पर्धामा साहले कांस्य पदक जित्दै मधेस प्रदेशको पदक खाता खोलेका हुन् ।
पर्साको बहुदरमाई नगरपालिका–६, गम्हरियाका स्थायी बासिन्दा साहले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो स्थान हासिल गरेका हुन् ।
वीरगन्जस्थित मसल बैंक क्लबमा प्रशिक्षण लिँदै आएका साहको यो सफलताले राष्ट्रिय स्तरमा मधेस प्रदेशको खेलकुद क्षेत्रको पहिचान थप बलियो बनाएको छ ।
Comments
Post a Comment