Menu

राष्ट्रिय खेलकुदका लागि प्रशिक्षक छनोटमा मनोमानी गरेको मधेश खेलकुद परिषद्माथि आरोप

news and updates |
Saturday, November 28, 2026
Featured

बीरगंज १२ मंसिर ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ब्याडमिन्टन प्रशिक्षक छनोटमा मधेश प्रदेश खेलकुद परिषद्ले मनोमानी गरेको आरोप लागेको छ ।

मधेश प्रदेश ब्याडमिन्टन संघले सिफारिस गरेका प्रशिक्षक परिवर्तन गरी परिषद्ले आफूखुसी नयाँ नाम पठाएको भन्दै विवाद उत्पन्न भएको हो ।

संघले प्रदेशस्तरीय खेलाडी छनोटपछि प्रशिक्षकमा लाबु राय र प्रेमबाबु पटेल तथा टोली व्यवस्थापकमा बरुण दाहालको नाम सिफारिस गरी प्रदेश खेलकुद परिषद्मा पठाएको थियो ।

तर, परिषद्ले प्रेमबाबु पटेललाई प्रशिक्षकबाट हटाएर बरुण दाहाललाई प्रशिक्षक बनाएको र टोली व्यवस्थापकमा संघले सिफारिस नगरेका मुकेश मण्डलको नाम राष्ट्रिय खेलकुद परिषद्मा पठाएको आरोप लागेको छ ।

परिषद्को उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै प्रशिक्षक प्रेमबाबु महतोले खेलकुदजस्तो महत्वपूर्ण क्षेत्रमा पक्षपात र अधिकारको दुरुपयोग भएको भन्दै आपत्ति जनाउनुभएको छ ।

यस विषयमा मधेश प्रदेश खेलकुद परिषद्का सदस्यसचिव शिवजीप्रसाद कानुले भने पछि जवाफ दिने बताउनुभएको छ ।

 

 

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments