Menu

हिरासतमा रहेका इनम सापकोटाको मानव अधिकार रक्षाको माग गर्दै आयोगमा निवेदन

news and updates |
Friday, November 27, 2026
Featured

 काठमाडौं  ११ मंसिर ।

प्रहरी नियन्त्रणमा रहेका इनम सापकोटाको मानव अधिकारको रक्षा गरिदिन आग्रह गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता भएको छ।

सापकोटाकी श्रीमती कविता पाण्डेले शुक्रबार आयोगमा उक्त उजुरी पेस गरेकी हुन्। प्राप्त उजुरी शुक्रबार नै दर्ता प्रक्रियामा गएको आयोगले पुष्टि गरेको छ।

सापकोटामाथि न्याय क्षेत्र, सुरक्षा संयन्त्र र राजनीतिक वृत्तमा बिचौलियाको काम गरेको आरोपमा हाल अनुसन्धान भइरहेको छ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको मोबाइल परीक्षण गर्दा अदालतमा विचाराधीन मुद्दा मिलाइदिने र प्रहरीको सरुवा-बढुवामा सहजीकरण गरिदिने आश्वासनयुक्त म्यासेजहरू भेटिएपछि उनी अनुसन्धानको दायरामा तानिएका हुन्।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments